जनता टाइम्स

९ भाद्र २०८१, आईतवार १२:०८

मूल्याङकनको आधारमा गरुडा नगरपालिका रौतहटको दोस्रो स्थानमा


रौतहट, ९ भदौ । रौतहटको १८ स्थानीय निकाय मध्ये बिभिन्न मूल्याङ्कनको आधारमा गरुडा नगरपालिका दोस्रो स्थानमा पर्न सफल भएको छ । वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्य सम्पादन मूल्याङ्कनको आधारमा गरुडा नगरपालिका जिल्लामा दोस्रो स्थान हासिल गरेको हो । नेपाल सरकारबाट आर्थिक वर्ष २०८०/०८१ मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा उपलब्ध गराइने वित्तीय समानीकरण अनुदान अन्तर्गत कार्य सम्पादन मूल्याङ्कनमा गरुडा दोस्रो स्थानमा परेको मेयर कन्थमणि जैसवालले बताएका छन् ।

गरुडाले ७१.७५ अंक ल्याइ दोस्रो स्थानमा रहेको छ भने राजपुर नगरपालिका ७१ अंक ल्याएर तेस्रो स्थानमा रहेको छ । कार्य सम्पादनमा गौर नगरपालिका जिल्लामा पहिलो स्थानमा रहेको छ ।

कार्य सम्पादनमा जिल्लाको ११ वटा पालिका ५० प्रतिशत भन्दा बढी अंक ल्याएका छन भने ७ वटा पालिका ५० प्रतिशत पनि अंक ल्याउन सकेका छैनन् । ५० प्रतिशत भन्दा बढी अंक ल्याउनेमा गौर गरुडा पछी राजपुर, चन्द्रपुर, राजदेवि, परोहा, माधवनारायण, इशनाथ, देवाही गोनाही, कटहरिया नगरपालिका र दुर्गा भगवती गाउँपालिका रहेका छन् । ५० प्रतिशत भन्दा कम अंक ल्याउनेमा फतुवा विजयपुर, बृन्दावन, बौधिमाइ, मौलापुर, गुजरा, गढिमाइ नगरपालिका र यमुनामाइ गाउँपालिका रहेका छन् ।