जनता टाइम्स

२६ आश्विन २०७६, आईतवार १७:३४

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबारे प्रधानमन्त्री ओली : यी हुन असाधारण उपलब्धी


काठमाडौं, असोज २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक र भब्य रुपमा सफल भएको निश्कर्ष सुनाउनु भएको छ । राष्ट्रपति सीलाई बिमानस्थलमा राष्ट्रपति बिद्यादेवी भण्डारीसहित बिदाई गरेपछि प्रधानमन्त्री ओलीले भ्रमणबारे आफ्नो निश्कर्ष ट्वीटमार्फत सुनाउनु भएको हो ।

‘चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ । उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ । उहाँले नेपाल भ्रमण गरी सदभाव राख्नुभएकोमा चिनियाँ राष्ट्रपतिप्रति आभार प्रकट गर्दै भ्रमण सफल पार्न लागेको भन्दै नेपाली जनतालाई धन्यवाद दिनुभएको छ ।

‘नेपाल भ्रमण गरी नेपाल र नेपाली जनताप्रति देखाउनु भएको सद्भाव र सदिच्छाका लागि उहाँप्रति आभार व्यक्त गर्दछु । भ्रमणलाई अभूतपूर्व रुपमा सफल पार्न लागिपर्नु हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

यस्तो छ प्रधानमन्त्रीको निश्कर्ष

मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ । उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको छ । नेपाल भ्रमण गरी नेपाल र नेपाली जनताप्रति देखाउनु भएको सद्भाव र सदिच्छाका लागि उहाँप्रति आभार व्यक्त गर्दछु । भ्रमणलाई अभूतपूर्व रुपमा सफल पार्न लागिपर्नु हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।