काठमाडौं, भदौ ९ । कुमारी बैंक लिमिटेड र काठमाडौंको बाँसबारीस्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच बिशेष छुट सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकमहानुभावहरुले सो क्लिनिकबाट सम्पूर्ण सेवाहरु लिएबापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १५% प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन भने कुमारी बैंकका ग्राहकहरुलाई उक्त क्लिनिकमा चिकित्सक सल्लाह शुल्क निशूल्क रुपमा उपलब्ध हुनेछ ।
यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।
विगत २३ बर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथाउत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्