महोत्तरी, १० भदौ । देश कै बहुचर्चित ब्रोडगेज रेल मार्गको बर्दिवास रेल्वे स्टेशन निर्माणाधीन अवस्थामा नै विवादित बनेको छ । जयनगर, जनकपुर, विजुलपुरा र भंगहा–बर्दिबास ब्रोडगेज रेल मार्गको ६९ किलोमिटर मार्गमा बनेका एक दर्जन स्टेसन, हल्ट र जक्सन मध्ये मुख्य स्टेशनकोरुपमा निर्माणाधीन रेल्वे स्टेशन र वरपरको ट्रयाकमा भैइरहेको राजश्वको विषयलाई लिएर विवादित बनेका हो । ८ बर्षदेखि मुआव्जामा नै रुमलिएर निर्माण प्रक्रियाको पारम्भिक चरणमा अगाडी बढेको वेला नदीजन्य पदार्थमा करोडौ राजश्व छली भएको बिषय सतहमा आएपछि अहिले नगर क्षेत्र चर्चाको विषय बनेको छ ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत महोत्तरी र धनुषाको सीमामा पर्ने रातुपुलदेखि साँढे ३ सय मिटर दक्षिण रेल–वे पुलको छेउको स्टेशन र भब्सी पूल यता वनेको ट्रयाकमा करोडौ राजश्व छलीमा स्थानीय सरकार र समन्वय समितिको नै मिलोमतो रहेको आरोप लागेको छ । अहिले नगर क्षेत्रको ३ वटा प्याकेजमा काम भईरहेको छ । भव्सी पूलदेखि रेल्वे पुलसम्म बज्र जेभी अमर, रेल्वे पुलमा कालिका र स्टेशनमा डीएनएन जेभीले निर्माण प्रक्रिया अगाडी बढाएको छ ।
कसरी भैइरहेको छ राजश्व छली ?
नदीजन्य पदार्थको मुख्य स्रोत रातु नदी भएतापनी नगरले ठेक्का लगाएको चार वटा खण्डहरुमा मापदण्डविपरित उत्त्खनन भएको भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर फाल्गुन २० मा नै उत्त्खनन रोकेको थियो । निर्माण प्रक्रियाको पारम्भिक चरणमा नै अदालतले रोकेपछि काम नै रोकिने आकलन गरिएतापनी त्यस्को ठिकविपरित भएको स्थानियहरु वताउछन । रेल्वे कम्पनीले दिएको जानकारीअनुसार भब्सी पुलदेखी स्टेसन नजिकको पुलसम्म ३ लाख ९३ हजार ३ सय घनमिटर परिपुर्ती भैइसकेको छ भने रेल्वे स्टेशनमा झण्डै ४ लाख घनमिटर परिपुर्ति भएको छ ।
स्टेशन देखि यता थोरै काम मात्र वाकी रहेको आयोजना प्रमुख किरन कार्कीले जानकारी दिनुभयो । यसैलाई आधार मान्दा पनि काम सकिन लागेको खण्डमा परिपुर्ती भएको ढुंगा, गिटि, वालुवाको स्रोतको विषयमा गम्भीर सवालहरु उठेका छन् । अहिले परिपुर्ति भैइसकेको नदीजन्य पदार्थमा सरकारलाई तिर्नुपर्न न्युनतम राजश्व मात्र ७ करोड ६३ लाख २ सय रुपैया वुझाउनुपर्ने देखिन्छ तर सरोकारवाला निकायमा राजश्व नै जम्मा गरेको देखिएको छैन । काम भैइसकेको ठाउँमा मात्र ९ लाख भन्दा बढी घनमिटर परिपुर्ती भैइसकेको निर्माण कम्पनीहरुले जनाएका छन ।
‘अदालतले रोकेतापनी निर्माण प्रक्रिया भने रोकिएन । निर्माण व्यवसायीहरुले काँहावाट ल्याउनु भयो त्यो वँहाहरुको बिषय हो ।’ आयोजना प्रमुख कार्कीले भन्नुभयो । ‘बर्दिवास क्षेत्रमा स्थानियहरुको खेत, वारी खनेको सुनेका हौ त्यो त आईई गरेर राजश्व प्रक्रियामा आएका नै होलान ।’ नगर क्षेत्रमा मात्र एक दर्जन भन्दा बढी ब्यक्तीका जग्गाहरु खनिएका छन । तर नगरको राजश्व शाखामा बुझ्दा कसैलेपनी राजश्व नबुझाएको जनाएको छ । ‘नगरमा ठेक्केदार कम्पनीले बुझाएको राजश्व बाहेक ब्यक्तीहरुले १ रुपैयाँ पनि राजश्व बुझाउनु भएको छैन ।’ नगर कि लेखा अधिकृत सर्मिला तामाङ्गले भन्नुभयो ।
‘प्रक्रियामा आएर राजश्व बुझाएको देखिएको छैन । अब यो विषयमा प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुखलाई नै बढी थाहा होला ।’ क्रसर तथा वासिङ्ग व्यवसायी भन्छनः रेल्वे स्टेसन र रेल्वे ट्रयाकमा करोडौ राजश्व छली भएको छ । नगर क्षेत्रमा परिपुर्ति भएको नदीजन्य पदार्थमा करोडौ राजश्व छली भएको क्रसर व्यवसायीहरुले दावी गरेका छन । महोत्तरीमा अहिले ४१ वटा क्रसर उधोगहरु संचालनरत छन । मौज्दात माल समेत वेच्न नपाईरहेको अवस्थामा नगर क्षेत्रवाट नै आईरहेको लाखौ घनमिटर नदीजन्य पदार्थमा ठुलो गिरोहहरुको चलखेल रहेको उनिहरुले दावी गरेका छन ।
‘बरु हाम्रो क्रसर समन्वय समितिले बन्द गरेको छ । तर आँखा नै अगाडि करोडौ राजश्व छली हुँदा पनि समन्वय समिती लगायत सरोकारवालाहरु चुईक्क बोल्दैनन ।’ व्यवसायी सन्तोष पौडेलले भन्नुभयो,‘अदालतले खोला खन्न पाईदैन भनेको छ, क्रसरहरुसगँ भएको माल बेच्न पाईएको छैन अनि त्याहा परिपुर्ति भएको मालमा त देखादेख कमाउने धन्दा त मौलाईरहेको छ नी !’ क्रसर व्यवसायी माहासंघ महोत्तरीका अध्यक्ष हर्क लामाले पनि रेल्वे ट्र्याक र स्टेशनमा १३ लाख घनमिटर तस्करी गरेर थुपारिएको दावी गरेका छन् । अहिलेसम्म निर्माणाधिन क्षेत्रमा २४ करोड भन्दा बढी राजश्व छली भएको उहाँको भनाई छ ।
‘क्रसर व्यवसायीहरुको स्टक प्रमाणिकरण नगरेको भन्दै उधोग नै बन्द गरेको छ । अनि स्टेशन र ट्र्याकमा थुपारिएको नदीजन्य पदार्थको चै किन प्रमाणिकरण हुँदैन ?’ अध्यक्ष लामाले भन्नुभयो । ‘नगरपालिकाले अनुगमनमा चासो नदेखाएपछी समन्वय समितिले किन चासो देखाएन ? यस्मा समन्वय समितिदेखी अभियन्ता, पत्रकार, जनप्रतिनिधि, राजनितिकर्मी सवैको मिलोमतो छ ।’ अर्का व्यवसायी सन्तोष यादवले पनि उधोगहरुलाई धराशयी वनाएर ठूलो गिरोह राजश्व चलखेलमा लागेको बताउनुभयो । रातु नदीको तस्करीदेखी वातावरण नै ध्वस्त बनाउने गरि बनाईएका ठुला–ठुला खाल्डाहरुले नगर क्षेत्रमा विकृती मचाएको बताउँदै समन्वय समिती, नगरले चासो देखाउनुपर्ने उहाँको भनाई छ ।
समन्वय समिती सभापति भन्छन : राजश्व चुहावट भएको छ
जिल्ला समन्वय समितीका संयोजक सुमनलाल कर्णले राजश्व चुहावट भएको पाईएको बताउनुभएको छ । वैधानिकरुपमा अदालतवाट रोकिएपछि नदीवाट तस्करी र व्यक्तिका जग्गाहरु खनेर राजश्व छली भएको बताउनुभएको छ । यसको अनुसन्धानको लागि पारम्भिक प्रक्रिया अगाडि बढाईसकेको पनि संयोजक कर्णको भनाई छ ।
‘हामीले रेल्वेलाई परिपुर्ति भएको नदीजन्य पदार्थको परिमाण र स्रोतको विषय उठाएर पत्र समेत पठाईसकेका छौ । कालिका र बजरगं जेभी अमरले परिणाम उपलब्ध गराएतापनी स्रोत देखाउन सकेको छैन ।’ उहाँले भन्नुभयो, । ‘स्रोत देखाउन नसक्नु नै राजश्व छली भएको हो भन्ने बुझ्नुपर्छ यदी वँहाहरुले चित्त वुझ्दो जवाफ दिन सक्नु भएन भने सम्बन्धित निकायसम्म जान बाध्य हुने छौ ।’ निर्माणस्थलमा थप निगरानी समेत बढाएको उहाँको भनाई छ ।
रेल्वे स्टेशन र रेल्वे ट्र्याकहरुमा डरलाग्दो वेथिती छ : पुर्व रेल्वे महाप्रबन्धक भट्टराई
पुर्व रेल्वे महाप्रवन्धक गुरु भट्टराईले निर्माणाधिन बर्दिवास रेल्वे स्टेशनमा सरोकारवाला निकायको नै मिलोमतोमा लुट धन्दा चलिरहेको बताउनुभएको छ ।
अहिलेसम्म परिपुर्ति भएको नदीजन्य पदार्थ बर्दिवास क्षेत्रवाट नै उठेको दावी गर्दै स्थानिय सरकारले एक रुपैयाँ पनि राजश्व नउठाएको उहाँको भनाई छ । भट्टराईले निर्माणाधिन रेल्वे स्टेशन र ट्र्याकमा भैइरहेको कामको गुणस्तरियतामाथी समेत प्रश्न उठाउनुभयो ।
‘अहिले नगर क्षेत्रमा १४ लाख घनमिटर परिपुर्ति भैइसकेको बुझिएको छ । ढुंगा, गिटी, वालुवाको सट्टा स्थानियहरुको खेत खन्न लगाएर माटो भरिएको छ । कमप्याक्सन केही छैन, सुपरभिजन शून्य छ ।’ भट्टराईले भन्नुभयो । ‘यो सवै हुनमा नगरपालिका, स्थानिय प्रशासन, जिल्ला प्रशासन, समन्वय समिती मात्र हैन अख्तियारको समेत मिलोमतो देखिन्छ । यस्को जवाफदेही कोही देखिदैनन ।’
निर्माण व्यवसायी भन्छन : अदालतले आदेश जारी गरेपनी उत्खनन रोकिएको थिएन
रेल्वे पुल र भव्सी पुलदेखि यता काम गरेका दुई वटा कम्पनीले बर्दिवास नगर क्षेत्रका केही क्रसर र कम्पनीहरुसँग खरिद गरेको बताएका छन । भव्सी पुल देखि सडकको पुलसम्म बज्र गुरु जेभी अमरले गरेतापनी सडक पुलको काम गरिरहेको कालिका निर्माण कम्पनीले भने उपकन्ट्याक्टरलाई जिम्मा लगाएको थियो । कालिकाले जिम्मा दिएको प्रेमशक्ती सप्लार्यसले मात्र उक्त ठाउँमा काम गर्दा २८ हजार ४ सय नदीजन्य पदार्थ परिपुर्ति गरेको रेल्वेले जनाएको छ ।
अदालतले रोकेतापनी भ्याट विल लिएर नै नदीजन्य पदार्थ खरिद गरेको निर्माण कम्पनीहरुले दावी गरेका छन । ‘अब चोरेर ल्याए कि वैधानिकरुपमा ल्याए त्यो त हामिलाई थाहा छैन तर हामीले भ्याट विलसहित खरिद गरेका छौ ।’ बज्र गुरु जेभी अमरका संचालक उत्तम बस्नेतले भन्नुभयो । ‘मेयरसापको क्रसर पनि रहेछ हामीले केही माल उहाँवाट र केही माल मेयर कै नजिकको आफन्तबाट खरिद गरेका हौं । बाँकी केही माल धनुषावाट ल्याएका छौ ।’
तर नगर क्षेत्रमा चोरी, तस्करी भने हुने गरेको उहाँको भनाई छ । व्यक्तिका जग्गामा गहिरा खाल्डा खनेर नदीजन्य पदार्थ केही कम्पनीले परिपुर्ति गरिरहेको बताउँदै संचालक बस्नेतले निर्माणस्थलमा आईपुग्दासम्म भ्याट विल काटेर नै लिने गरेको बताउनुभयो । कालिका कन्स्ट्रक्सनका इन्जिनियर आकाश गुरुङले पनि नदीजन्य पदार्थ उपकन्ट्याक्टरले विधि, विधानअनुसार नै ल्याएको तर आन्तरिकरुपमा कसरी ल्यायो भन्ने विषयमा जानकारी नभएको बताउनुभयो ।
नगरप्रमुख भन्छन : नगर क्षेत्रमा अवैधानिक नदीजन्य पदार्थ ओसारपसार भएको छैन
बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले नगरमा कुनै राजश्व छली नभएको जिकिर गर्नुभएको छ । अवैधानिक नदीजन्य पदार्थ ओसारपसार गर्नेहरुलाई निगरानीमा राखेर जरिवानासमेत गरेको बताउँदै उपमेयरले अनुगमनमा कडाई गरिरहेको पनि उहाँको भनाई छ । ‘उपमेयर फिल्डमा पुगेर अनुगमन गर्दा अवैधानिक देखियो भने हामिले प्रहरीलाई जिम्मा लगाएका छौ ।’ नगरप्रमुख क्षेत्रीले भन्नुभयो । ‘विधिसम्मत काम गर्नुपर्छ, कसैले पनि अवैधानिक गर्ने मेरो पालामा हिम्मत गरेको छैन, गर्दा पनि गर्दैन ।’ राजश्वको विषयमा आफू गम्भीर रहेको गलत गर्नेहरुलाई कानुनी दायरामा ल्याउने नगरप्रमुख क्षेत्रीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्