जनता टाइम्स

१२ भाद्र २०८१, बुधबार १६:२७

बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक ल्याउने ममता बनर्जीको घोषणा


काठमाडौं, १२ भदौ । भारतको कोलकाताको आरजी कार मेडिकल कलेजका एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको कथित विरोध प्रदर्शनका बीच पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफ्नो सरकारले बलात्कारीहरूलाई मृत्युदण्ड दिने विधेयक ल्याउने बताउनुभएको छ ।

मुख्यमन्त्री बनर्जी भन्नुहुन्छ,‘आगामी साता संसदको बैठक बोलाएर बलात्कारीलाई मृत्युदण्डको सजाय दिने गरी दश दिनभित्र विधेयक पारित गर्छौं । यसपछि हामी यो विधेयक गभर्नरलाई पठाउनेछौं । यदि उनीहरूले विधेयक स्वीकृत गरेन भने हामी राजभवन बाहिर आन्दोलन गर्नेछौं । यो विधेयक पारित गर्नुपर्छ र यसपटक आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन ।’

कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको आरोपमा जनताको प्रदर्शन जारी छ भने राज्य सरकारको भूमिकाको आलोचना भइरहेको छ ।