काठमाडौं, भदौ १२ । कुमारी बैंक लिमिटेड र र्याडिसन होटल (लाजिम्पाट, काठमाडौं) बीच कुमारी बैंक लिमिटेडका डेबिट कार्ड तथा क्रेडिट कार्डका प्रयोगकर्ताहरुलाई होटलबाट प्रदान गरिने बिभिन्न सेवा तथा सुबिधाहरुमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगकर्ताले र्याडिसन होटलबाट प्रदान गरिने खाद्यतथा पेय पदार्थमा १५ प्रतिशत, पेस्ट्री सपमा १० प्रतिशत, फिटनेस सम्बन्धी सेवामा २० प्रतिशत, ट्रानक्विलिटी स्पा तथा एअरपोर्ट रेष्टुरेन्ट सेवामा १५ प्रतिशत र केकहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन ।
यस सुविधाबाट बैंकका सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै होटलबाट प्रदान गरिने सेवा सुविधाहरु सहुलियत दरमा प्राप्त गर्न सक्नेमा विश्वस्त रहेको कुमारी बैंकले जनाएको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवादिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथाउत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्