जनता टाइम्स

२७ आश्विन २०७६, सोमबार ११:३८

चितवनमा गाडी दुर्घटना हुँदा एक साइकल यात्रीको मृत्यु


चितवन, असोज २७

चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो । ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । ठक्करबाट घाइते अन्दाजी ३०÷३२ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको पहिचान खुलेको छैन ।