जनता टाइम्स

१४ भाद्र २०८१, शुक्रबार १८:३८

रिभल्बर र ६ राउण्ड गोलीसहित एक जना पक्राउ


सिन्धुली, १४ भदौ । कमलामाई नगरपालिका–१० दोभान बस्ने ४७ वर्षीय भिम बहादुर हायुलाई रिभल्बर र सोही रिभल्बरको गोली ६ राउण्ड सहित गएराती प्रहरीले पक्राउ गरेको छ ।

भिम बहादुरको घरमा हतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले घर तलासी गर्दा चामल राख्ने प्लास्टिको ड्रमभित्र लुकाई राखेको अवस्थामा उक्त रिभल्बर र गोली फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।