जनता टाइम्स

१५ भाद्र २०८१, शनिबार १३:००

पारालिम्पिकमा काश्य पदक विजेता पलेशालाई प्रधानमन्त्री ओलीको बधाई


काठमाडौं, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिसमा जारी पारालिम्पिकमा ऐतिहासिक काश्य पदक जितेकी नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा पलेशालाई बधाई दिनुभएको हो ।

पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै पलेशाले काश्य पदक जित्नुभएको हो । योसँगै पारालिम्पिकमा पदक जित्ने उहाँ पहिलो नेपाली खेलाडी बन्नुभएको छ ।