जनता टाइम्स

१६ भाद्र २०८१, आईतवार १५:३५

नेप्सेमा ५६ अंकको गिरावट, १० अर्बको कारोबार


काठमाडौं, १६ भदौ । नेप्सेमा आज गिरावट आएको छ । आज नेप्से ५६.१६ अङ्कले घटेर २६९३.४० विन्दुमा पुगेको छ । आज ३३७ कम्पनिको कूल २ करोड ६० लाख ८४ हजार ८८ कित्ता शेयर १ लाख २९ हजार ७९३ पटक कारोबार हुँदा १० अर्ब ४४ करोड ४ लाख ९९ हजार ११२ मा खरिद बिक्री भएका छन् ।

त्यस्तै, आज सुपर माइ हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स हाइड्रो र माइ खोला हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज गुडविल फाइनान्सको सबै भन्दाबढी ५२ करोड ३१ लाख १० हजार ४९२ को रकम बराबरीको खरिद बिक्रि भएको छ भने आज सानिमा लार्ज क्याप फण्डको सबैभन्दा बढी ८ लाख ४ हजार ८०९ कित्ता शेयर कारोबार भएको छ ।