जनता टाइम्स

१६ भाद्र २०८१, आईतवार १५:५५

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ


ललितपुर, १६ भदौ । ललित्पुरको गोदावरी नगरपालिका–१४ ठैब बस्ने ५२ वर्षीय जगत विर देसारको आशिष झरना भ्यू होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक जगत विर समेत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २६ हजार ६ सय २३ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।