जनता टाइम्स

२७ आश्विन २०७६, सोमबार १९:११

राष्ट्रपति भण्डारीद्वारा तीन विधेयक प्रमाणीकरण


काठमाडौं, असोज २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले राहदानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको तथा वनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक आज प्रमाणीकरण गर्नुभएको हो ।

संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएको सेफगार्डस्, एन्टी (डम्पिङ तथा काउण्टरभेलिङ) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो ।राष्ट्रपतिले ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको हो ।