जनता टाइम्स

२० भाद्र २०८१, बिहीबार १६:००

ट्रम्प र ह्यारिसबीच सेप्टेम्बर १० मा बहस हुँदै


काठमाडौं, २० भदौ । अमेरिकामा नोभेम्बर ५ मा हुने राष्ट्रपति निर्वाचनको प्रचार प्रसार तिब्र गतिमा जारी रहेको छ । यसैबीच रिपब्लिकनबाट उम्मेदवार बनेका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट उम्मेदवार रहेकी कमला ह्यारिसबीच टेलिभिजन बहस हुने भएको छ ।

यी दुईबीच सेप्टेम्बर १० मा बहस हुने भएको हो । यसअघि ट्रम्प र बाइडेनबीच पहिलो बहस गत जुन २७ मा भएको थियो । सो बहसमा बाइडेनको कम्जोर प्रदर्शनपछि उहाँले उम्मेदवारी नै छोड्नु परेको थियो ।

यसैबीच ट्रम्पले आफ्नो प्रतिद्वन्द्वी ह्यारिसलाई बिना कुनै अवरोध बोल्न दिने योजना बनाएको बताउनुभएको छ । यो बहस पेन्सिलभेनिया राज्यको सबैभन्दा ठूलो सहर फिलाडेल्फियामा हुने भएको छ । उता ह्यारिसले पनि आफु ट्रम्पसँगको बहसका लागि तयार रहेको बताउनुभएको छ । पछिल्ला पोलले ट्रम्पलाई ह्यारिसले उछिन्नुभएको छ ।