चितवन, भदौ २१ । नारायणगढ मुग्लिङ सडक खण्डको इच्छाकामना गाउँपालिका ४, घोप्टेभीरमा लेदोसहितको पहिरो गएर काठमाडौं जाने सडक अवरुद्ध बन्द भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनलका अनुसार आज बिहान ७ बजेर २५ मिनेट जाँदा माथिबाट पहिरो खसी बाटो बन्द भएको हो । पहिरोको कारण काठमाडौं जाने र आउने बाटो दुईतर्फ नै अवरुद्ध बनेको छ ।
प्रहरी सहायक निरीक्षकको टोली पहिरो खसेको ठाउँमा पुगेर सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन थालिएको चितवन प्रहरीले जनाएको छ । चितवनमा रातीदेखि नै पानी परिरहेको छ । निरन्तरताको पानीको कारण नारायणगढ मुग्लिङ सडक खण्डमा पहिरोको जोखिम कायमै रहेको छ ।
प्रतिक्रिया दिनुहोस्