जनता टाइम्स

२१ भाद्र २०८१, शुक्रबार १८:४५

प्रधानमन्त्रीको भ्रमण स्वीकृतदेखि नियुक्तिसम्म यस्ता छन मन्त्रिपरिषदका २४ निर्णय (सूचीसहित)


काठमाडौं, भदौ २१ । सरकारले बिहीवार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गरेको छ । सरकारका प्वक्ता एवं सञ्चार तथा सूचना प्रबिधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज पत्रकार सम्मेलन गरी बिहिवारको बैठकले गरेको २४ वटा निर्णय सार्वजनिक गर्नुभएको हो ।

निर्णयमा प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन असोज ४ गते अमेरिका प्रस्थान गर्नेदेखि नियुक्ति र पालिकाको नाम परिवर्तनसम्म रहेका छन । संयुक्त राष्ट्रसङ्घको महासभा भदौ २५ देखि असोज १२ सम्म न्युयोर्कमा हुँदैछ ।

सोही महासभामा भाग लिन प्रधानमन्त्री अमेरिका जान लाग्नुभएको हो । यस्तै बैठकले आर्थिक वर्ष २०८१–८२ सालमा दुग्ध विकास संस्थानको कच्चा दूधको आपूर्तिकर्ता किसानको बाँकी रकम भुक्तानीका साथै प्रविधि तथा व्यवसाय सुधार गर्न अर्थ मन्त्रालयले संस्थालाई ६० करोड ऋण लगानी गर्न स्वीकृत गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले विम्स्टेक कृषि मन्त्रिस्तरीय र कृषिसम्बन्धी उच्च पदाधिकारीहरको तेस्रो बैठक चैत १४ र १५ गते नेपालमा आयोजना गर्ने प्रस्ताव गर्न स्वीकृति प्रदान गरेको छ भने भाद्र ३१ मा काठमाडौंमा हुने नेपाल अमेरिका टिफा काउन्सिलको सातौं बैठकमा नेपालको तर्फबाट प्रस्तुत गरिने विषयसूची स्वीकृत गरी वार्ता टोली गठन गर्ने निर्णय भएको छ ।

बैठकले दूरसञ्चार कम्पनी लिमिटेडको रिक्त प्रवन्ध निर्देशक पदमा संगिता पहाडी अर्याललाई नियुक्त गर्ने, रेडियो नेपालको रिक्त कार्यकारी निर्देशक पदमा अमरध्वज लामालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले बैठकले पेरिस पारा ओलम्पिक २०२४ मा कास्य पदक विजेता पलेशा गोवर्धनलाई कर नलाग्ने निर्णयसहित ६५ लाख नगद पुरस्कार दिने निर्णय पनि गरेको छ ।