जनता टाइम्स

२२ भाद्र २०८१, शनिबार ००:१६

कोशीका केन्द्रीय सदस्यसहित प्रदेश पदाधिकारी र जिल्ला अध्यक्षलाई एमालेले लियो अनुशासन र आचारसंहिताको कक्षा


बिराटनगर, भदौ २२ । नेकपा एमालेले प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । एमाले केन्द्रीय अनुशासन आयोगको आयोजना र कोशी प्रदेश कमिटीको ब्यबस्थापनमा एक दिने प्रशिक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा एमाले कोशी प्रदेशस्थित केन्द्रीय सदस्यहरु, जिल्ला इन्चार्जहरु, प्रदेश पदाधिकारी तथा सचिबालय सदस्यहरु र १४ जिल्लाका जिल्ला अध्यक्षहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अनुशासन आयोगका अध्यक्ष केशब बडालले समग्र पार्टीको नीति, कार्यक्रम र सञ्चालन, अनुशासन तथा सचिब प्राडा भरतराज पहाडीले अनुसाशन र आचारसहिता सम्बन्धी प्रशिक्षण दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिएमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले भर्खरै सम्पन्न पोलिट्ब्युरो बैठकको निर्णयको जानकारीसहित कोशी प्रदेशको पार्टी अभियानको बारेमा जानकारी गराउनु भएको थियो ।

अनुशासन आयोगका अध्यक्ष केशब बडालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कमिटीका अध्यक्ष. घनश्याम खतिवडाले स्वागत गर्नुभयो । कोशी प्रदेश प्रचार तथा प्रकाशन बिभाग प्रमुख लक्ष्मण तिवारीका अनुसार कार्यक्रमको अन्त्यमा नालापानी सम्बन्धि जानकारीमुलक चलचित्र प्रदर्र्शन गरिएको थियो ।