जनता टाइम्स

२२ भाद्र २०८१, शनिबार १२:१७

स्थानीय तहमा छिट्टै प्रमुख प्रशासकीय अधिकृतहरूको नियुक्ति गर्ने सामान्य प्रशासनमन्त्री गुप्ताको प्रतिबद्धता


काठमाडौं, भदौ २२ । २१औं निजामती सेवा दिवस २०५१ को अवसरमा आयोजित मूल समारोह कार्यक्रम आज विशेष रूपले मनाइयो।

कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अथित्यता र मुख्य सचिव एकनारायण अर्यालले अध्यक्षता गर्नुभयो।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री राजकुमार गुप्ताले महत्वपूर्ण सम्बोधन गर्दै निजामती कर्मचारीहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो । उहाले सीमित स्रोत र साधनका बाबजुद राष्ट्रको सेवामा अहोरात्र खटिरहेका निजामती कर्मचारीहरूको मनोबल उच्च राख्न र उत्प्रेरित गर्न सरकारले निरन्तर प्रयास गरिरहेको बताउनु भयो।

मन्त्री गुप्ताले संघीय निजामती सेवा ऐन छिट्टै संसदमा पारित गर्ने प्रतिबद्धता जनाउँदै, यो ऐनले कर्मचारीतन्त्रमा देखिएका अस्पष्टता र अन्यौलताहरू हटाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रविधिमैत्री सेवा प्रवाहमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै, निजामती सेवा सुधारका लागि मन्त्रालयले विभिन्न कानुनी प्रक्रिया अघि बढाइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा गुप्ताले स्थानीय सरकारका प्रमुख प्रशासकीय अधिकृत पद रिक्त रहेका स्थानीय तहहरूमा कर्मचारी खटाउने व्यवस्था गर्न लागिएको र यसले सेवा प्रवाहमा सुधार ल्याउने बताउनुभयो।

साथै, उहाँले निजामती कर्मचारीहरूको क्षमता विकासमार्फत सुशासन र संघीयता कार्यान्वयनमा थप योगदान दिन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।