काठमाडौं, भदौ २३ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झुटो बोलेको प्रमाणित भएको छ ।
मेयर शाहले सरकारमाथि लगाएको आरोप झुटो प्रमाणित भएको हो । मेयर बालेनले टाइमलाइनबाट गायब भएको एउटा फेसबुक पोस्ट ४ दिनमा रिकभर भएपछि सरकारमाथि लगाएको आरोप झुटो प्रमाणित भएको हो । बालेनको सचिवालयले फेसबुकसँग समन्वय गरेर पोस्ट रिकभर गर्न सफल भएको हो ।
एमालेकी प्रदेश सांसद रेखा शर्मामाथि बाल श्रम दुरुपयोगको आरोप लगाउँदै बालेनले भदौ १६ गते एक स्टाटस लेख्नुभएको थियो । त्यसमा उहाँले शर्मालाई पक्राउ गरेर अनुसन्धान गर्न माग गरेका छन । शर्माको तस्विरसहित उहाँले गरेको पोस्ट दुई दिनपछि डिलिट भएको थियो ।
बालेनले सो पोष्ट सरकारले हटाएको आरोप लगाएपछि सामाजिक सञ्जालका प्रयोगकर्ता झुटो बोलेको भन्दै आक्रोशित बनेका थिए । उनीहरुले व्यापकरुपमा रिपोर्ट गरेपछि फेसबुकले कम्युनिटी गाइडलाइन्स उल्लंघन भएको सूचना पठाएर पोस्ट हटाइदिएको थियो । एमाले कार्यकर्ताले भने बालेन स्वयमले आफ्नो पोस्ट डिलिट गर्न बाध्य भएको बताएका थिए ।
बालेनले सरकारले आफ्नो पोस्ट डिलिट गराएको भन्दै अर्को स्टाटस लेखेका थिए । तर सरकारका कारण फेसबुक पोस्ट डिलिट नभएको पुष्टि भएको छ ।
फेसबुकले पछिल्लो समयमा मूलधारका सञ्चारमाध्यमका कतिपय समाचारलाई समेत फेसबुक पेजबाट कम्युनिटी गाइडलाइन्स उल्लंघन भएको भन्दै रिमुभ गर्ने गरेको छ ।
बालेनको सचिवालयले पोस्ट खुलाउनका लागि फेसबुकमा पत्राचार गरेको थियो । अन्ततः फेसबुकले आज पोस्ट फेरि ‘शो’ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्