जनता टाइम्स

२३ भाद्र २०८१, आईतवार १८:०४

जेल चलान भए सत्तारुढ दल कांग्रेसकै सांसद


बुटवल, २३ भदौ । लुम्बिनी प्रदेश सभाका सांसद धनबहादुर केसी कारागार चलान भएका छन् ।

यसअघि फरार सूचीमा रहेका उनी आफैं अदालतमा उपस्थित भएपछि जेल चलन भएका हुन् । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार पठाएको छ । सरकारी कागज किर्ते अभियोगमा उनलाई अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । २०४८ सालको फैसला अहिलेसम्म कार्यान्वयन भएको थिएन ।

केसीलाई उनकै श्रीमती राधा केसीले सम्बन्ध विच्छेदको नक्कली कागज बनाएको भन्दै मुद्दा दायर गरेकी थिईन् । सो मुद्दामा उनी दोषी ठहर भएका थिए । नेपाली कांग्रेसका नेता केसी गत २०७९ को प्रदेश सभा निर्वाचनमा रुकुम (पूर्व) निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित भएका थिए ।