काठमाडौं, भदौ २४ । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु सम्मिलित कार्यदल गठन भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक नेताका अनुसार कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र डा. प्रकाशशरण महत हुनुहुन्छ भने एमालेबाट उपमहासचिवद्वदय प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनुभएको छ ।
सरकारको न्यूनतम साझा कार्यक्रमबारे अरु सत्तारुढ दलहरुसँग पनि छलफल गर्ने निर्णय भएको छ । गत १७ असारमा भएको सहमति अनुसार ३० असारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपनि न्यूनतम साझा कार्यक्रम बनाइएको थिएन । दुई दलले बल्ल कार्यदल बनाएका हुन ।
प्रतिक्रिया दिनुहोस्