काठमाडौं, भदौ २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङमाथि छानबिन गर्न माग गर्नुभएको छ ।
करिब १५ करोड रुपैयाँ रकम हिनामिना गरेको गुरुङ र उनकी श्रीमतीविरुद्ध उजुरी परेको भन्दै छानबिनको माग गर्नुभएको हो । पूर्वकानूनमन्त्रीसमेत रहनुभएका कांग्रेस उपसभापति धनराजले १५ करोड ठगी गरेको बिषयमा जनताटाइम्स डटकमले आज मात्रै समाचार प्रकाशन गरेको थियो । जनताटाइम्समा समाचार आएलगत्तै संसदमा कुरा उठेको हो ।
सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पराजुलीले मितेरी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष कुम्भराज गुरुङले आफ्नो संस्थाको करिब १५ करोड रकम हिनामिना गरेको भन्दै प्रहरीमा उजुरी दिएको बताए । पराजुलीले भन्नुभयो, ‘अब म माननीय गुरुङको बारेमा छानविन हुन्छ कि हुँदैन ?’
गुरुङमाथि छानविनको माग गर्दै संसदको वेल घेराउ गर्ने कि नगर्ने भनेर समेत उहाँले प्रश्न गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्