जनता टाइम्स

२५ भाद्र २०८१, मंगलवार १८:०७

बिभिन्न पार्टी त्यागेर ३ सय युवा एमाले प्रवेश, महासचिव शंकर पोखरेले गरे स्वागत


काठमाडौं, भदौ २५ । बिभिन्न पार्टी परित्याग गरी ३ सय युवाहरु नेकपा एमाले प्रवेश गरेका छन । एमाले महासचिव शंकर पोखरेलले आज आयोजित बिशेष समारोहबीच करिव ३ सय युवाहरूलाई पार्टीमा स्वागत गर्नुभयो ।

एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटीले सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा महासचिव पोखरेलले युवाहरुले सही बाटो रोजेको भन्दै उचित जिम्मेवारी र भूमिका दिने बताउनु भयो ।

महासचिव पोखरेलले नेपाली राजनीतिमा एमालेबाहेक अन्य दलहरुको विकल्प नभएको भन्दै एमालेले युवाहरुको उचित मुल्याङकन गर्दै जिम्मेवारी प्रदान गर्ने बताउनु भएको हो । एमालेका केन्द्रीय सदस्य तथा युवा विद्यार्थी विशेष जिल्ला कमिटीका इन्चार्ज रमेश पौडेल र अध्यक्ष रामजी सापकोटाले नबप्रबेसीलाई स्वागत गर्नुभएको थियो ।