जनता टाइम्स

२६ भाद्र २०८१, बुधबार १०:४६

महोत्तरीमा दुरविन प्रविधिबाट पित्तथैलीको शल्यक्रिया


महोत्तरी, भदौ २६ । महोत्तरीमा पहिलोपटक दुरविन प्रविधिबाट शल्यक्रियाको सुरू भएको छ ।

जिल्लाको रामगोपालपुरमा रहेको जानकी एकेडमिक हस्पिटलले दुरविन प्रविधिबाट पत्थरीको शल्यक्रिया सेवा सुरू गरेको छ । मंगलबार दिउँसो एक बिरामीको पित्त थैलीमा रहेको पत्थरीको बिना चिरफार ल्याप्रोस्कोपीबाट अप्रेसन गरेको हो ।

डा.अश्विनीकुमार यादव र डा. मनिषकुमार ठाकुरको टिमले ल्याप्रोस्कोपीबाट अप्रेसन सफल रुपमा गरिएको अस्पताल प्रशासन प्रमुख संजय यादवले जानकारी दिए । योसँगै त्यस क्षेत्रका नागरिकलाई अब पित्तथैलीको अप्रेसन गराउन बाहिर जानुपर्ने बाध्यता हटेको छ ।