काठमाडौं, भदौ २६ । अनेरास्वबियुका अध्यक्ष समिक बडालले ड्रग्सको नशाबाट बाहिर निस्कन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सुभाव दिनुभएको छ ।
अदालतको फैसलाको पूर्णपाठको बिषयमा समेत बालेनले सोझै ढाँटछल गरेको भन्दै बडालले नशामा जथाभावी नलेख्न सुझाउनु भएको हो ।
‘भ्याकेटमा जान पूर्ण पाठ आउनु पर्छ भन्ने कुरा बालेनले बुझ्न ड्रग्सको नशा उतारिनु पर्छ,’ बडालले भन्नुभएको छ, अदालतको फैसलामा सरकार भ्याकेटमा जाने फैसलाको पूर्ण पाठ आएको दुई महिनामा हो। फैसला अस्ति असारमा आएको हो भन्ने बुझ्न ड्रग्सको नशाबाट बाहिर निस्कन सुझाव छ।’
समिकको भनाइ जस्ताको तस्तै
भ्याकेटमा जान पूर्ण पाठ आउनु पर्छ भन्ने कुरा बालेनले बुझ्न ड्रग्सको नशा उतारिनु पर्छ। महोत्तरीका बालेन्द्र साहजी, तपाईं काठमाडौंको मेयर भएपछि अत्यन्तै अशिष्ट हुँदै जानुभएको छ। न त तपाईंलाई राजनीतिबारे केही थाहा छ, न शिष्टताबारे केही मतलब छ। काम माखो मार्ने होइन, स्रोत नखुलेको अरबौं खर्च गरेर साइबर बुली चलाउनुभयो। जनतालाई दिग्भ्रमित पार्नुभयो, त्यसैको बलमा भत्काउने, बिगार्ने, मुख छाड्नेभन्दा अरू केही गर्न जान्नुहुन्न। तपाईंको कला र साहित्य पनि उही अशिष्ट र घिनलाग्दो छ-‘तेरो बाउ, मेरो बाउ’, ‘टिक्ने, टोक्ने, खोक्ने’, यस्तै यस्तै न हो ! आफू तेली साह भएर काठमाडौंमा थाहा नहोस् भनेर शाह लेख्नुहुन्छ। आफ्नो सर्टिफिकेटमा नाम सच्याउन हिजो २ः३० बजे बैंगलोर उड्नुभयो। यता, काठमाडौंमा बबाली स्टाटस लेखेर भ्रम छर्नुभयो। अदालतको फैसलामा सरकार भ्याकेटमा जाने फैसलाको पूर्ण पाठ आएको दुई महिनामा हो। फैसला अस्ति असारमा आएको हो भन्ने बुझ्न ड्रग्सको नशाबाट बाहिर निस्कन सुझाव छ।
प्रतिक्रिया दिनुहोस्