जनता टाइम्स

२७ भाद्र २०८१, बिहीबार १३:२९

रौतहटमा मन्दिरबाटै गाँजा बिक्रि गर्ने साधु पक्राउ


रौतहट, २७ भदौ । रौतहटको देवाही गोनाही नगरक्षेत्र अन्तर्गत एक गाउँमा मन्दिरमै लागू ओैषध गाँजा बिक्रि बितरण गर्ने एकजना साधु पुजारी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिका–९ धरहरी राम जानकी मठका पुजारी स्थानीय त्रिशूल यादवको छोरा बर्ष ६५ को पुजारी साधु सिकेन्द्र राय यादव गाँजासहित पक्राउ परेका हुन् ।

मन्दिरबाट गाँजा बेच बिखन गर्ने गरेको सुचना अनुसार ईलाका प्रहरी कार्यालय गोनाही बाट गएको टोलीले गएराती मन्दिरको पुजारी यादवलाई चेकजाँच गर्दा लुकाई राखेको पलाष्टिकको सानो पाकेटमा अन्दाजी १ किलो ग्राम लागु औषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताउनुभयो । लगत्तै पुजारी यादवलाई गाँजा सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय गरूडा रौतहटमा पठाईएको प्रवक्ता गिरीले जानकारी दिनुभयो ।

साधु यादव हाल ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको तथा निजमाथि लागुऔषध बेचबिखन सम्बन्धी मुद्दा दायर गरी कारवाही प्रक्रिया अगाडी बढाईएको डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । यसअघि गाँजा बिक्रि बितरण गर्ने एकजना साधु फतुवा बिजयपुर नगरपालिका ११ भैंसही गाउँबाट केही समय पहिले पक्राउ परेका थिए ।