काठमाडौं, भदौ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक आज ९शुक्रबार० बिहान ९ बजेका लागि बोलाउनु भएको छ। परिषदका अध्यक्ष प्रधानमन्त्री ओलीले बैठक बोलाउनु भएको हो ।
सर्वोच्च अदालतको प्रधान न्यायाधीशसहित रिक्त संवैधानिक निकायमा सिफारिसका लागि ओलीले दोस्रो पटक संवैधानिक परिषदको बैठक बोलाउनु भएको हो । यसअघि बुधबार परिषदको बैठक बोलाए पनि स्थगित भएको थियो ।
शुक्रबार बस्ने परिषद् बैठकको तयारी स्वरुप बिहीबार प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भएको थियो। बैठकमा अध्यक्ष प्रचण्डले सम्भव भएसम्म शुक्रबार नै संवैधानिक निकायका रिक्त सबै पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सिफारिस गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
प्रमुख प्रतिपक्ष दलले नै संवैधानिक निकायमा छिटै नियुक्ति गर्न माग गरेपछि प्रधानमन्त्री र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति देउवाका लागि सहज भएको थियो । प्रमुख दलका शीर्ष नेताबीचमा भएको उक्त सहमतिले शुक्रबारको बैठकमा सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदमा सिफारिस हुन सक्ने देखिन्छ ।
सर्वोच्च बाहेक अन्य ६ संवैधानिक पद रिक्त छ । उक्त पदमा राजनीतिक भागबन्डाको आधारमा नियुक्तिका लागि सिफारिस हुनेछ ।
प्रतिक्रिया दिनुहोस्