जनता टाइम्स

३० भाद्र २०८१, आईतवार १७:११

प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित


काठमाडौं, ३० भदौ । प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार बैठक भोलि अपराहन्न १ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।

आज १ बजे बस्ने भनिएको बैठक शुरुमा २ बजे र त्यसपछि ३ः१५ बजे बस्ने तय गरिएको थियो । गत बुधबार बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेपछि स्थगित भएको थियो ।

संसदमा माओवादी जनयुद्धलाई लक्षित गर्दै प्रयोग भएको ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखले रुलिङ गरेपछि माओवादी केन्द्रले त्यसको विरोध गर्दै संसद अवरुद्ध गरेको थियो । अब माओवादी केन्द्रले सो रुलिङ फिर्ता नलिएसम्म संसदको अवरोध कायम राख्ने बताएको छ ।