जनता टाइम्स

३० भाद्र २०८१, आईतवार २३:०१

भारी वर्षापछि आएको धोबी खोलाको बाढीले अनामनगरबाट चालकसहित ट्याक्सी बगायो


काठमाडौं, भदौ ३० । आइतबार साँझ परेको भारी वर्षापछि आएको बाढीले काठमाडौंको अनामनगरस्थित धोवी खोलाले चालकसहित ट्याक्सी बगाएको छ ।

आइतवार साँझ बाढीले ट्याक्सी बगाएको हो । ट्याक्सीभित्र चालक मात्रै थिए । उपत्यका ट्राफिक प्रहरीका एसपी विश्व खड्काले मदन भण्डारी कलेज छेउबाट बगाएको उक्त ट्याक्सी थियो ।

ट्याक्सीमा सवार चालक ३३ वर्षीय उर्गेन लामालाई भने सकुशल उद्धार गरिएको छ भने खोलाले बगाएको ट्याक्सी थापाथलीस्थित वाग्मती नदी र धोवीखोलाको दोभानमा भेटिएको छ ।