जनता टाइम्स

३१ भाद्र २०८१, सोमबार १९:३२

संबैधानिक परिषदले गर्यो प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतको नाम सिफारिश


काठमाडौं, भदौ ३१ । संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउतलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार साँझ बसेको परिषदको बैठकले प्रधानन्यायाधीशका लागि राउतको नाम सिफारिस गर्ने निर्णय गरेको हो । न्यायपरिषदले प्रधानन्यायाधीशका लागि योग्य ८ जना न्यायाधीशहरुको सूची संवैधानिक परिषद्‌मा पठाएको थियो ।

न्यायपरिषदको सूचीका आधारमा बैठकले वरिष्ठताका आधार सर्वोच्चका न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो । न्याय परिषदले प्रधानन्यायाधीशका लागि प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोज शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको नाम सिफारिस गरेको थियो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी १९ असोजमा ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । सोही कारण परिषदले बरिष्ठतम न्यायाधीश राउतलाई प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाई समितिमा पठाउने निर्णय गरेको हो ।