काठमाडौं, ३१ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग–२ को सिरिजमा आज क्यानडाविरुद्ध खेल्दैछ । ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुने क्यानडाविरुद्धको यस खेलमा नेपालले टस जितेको छ । नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।
योसँगै क्यानडाले पहिला ब्याटिंग गर्ने भएको छ । यस खेलमा खेल्ने प्लेइङ ११ मा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्शन झा, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् । नेपालले लिग–२ मा अहिलेसम्म ४ खेल खेलेको छ । जसमा एक जित हासिल गरेको छ भने ३ खेल हार बेहोरेको छ ।
प्रतिक्रिया दिनुहोस्