काठमाडौं, असोज ४ । नवौं संविधान दिवस एवम् राष्ट्रिय दिवसको अवसरमा आयोजित ‘नेशनल डे कन्सर्ट’ मा सर्वसाधारणको बाक्लो उपस्थिति रह्यो । नागरिकस्तरबाट आयोजित यो नेशनल डे कन्सर्ट नेपालको इतिहासमा पहिलो हो ।
नागरिकहरुको उत्साहजनक सहभागीतालाई साथ दिन प्रधानमन्त्री केपी शर्मा ओली, धर्मपत्नी राधिका शाक्य, उपप्रधान एवम अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायत पुग्नुभयो । उहाँहरुले झण्डा फहराएर संविधान दिवसको शुभकामना दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्