तेह्रथुम, ४ असोज । ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालिगुराँस नगरपालिका–१ गैंरी टोल डेरा गरी बस्ने भोजपुर साल्पासिलिछो गाउँपालिका–५ घर भएका ६० वर्षीय बाङठा भन्ने प्रेम तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती महिलालाई भदौ ३० गते राती जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्