जनता टाइम्स

२९ आश्विन २०७६, बुधबार ०९:२०

सी भ्रमणबारे नेकपाले निकाल्यो यस्तो निश्कर्ष


काठमाडौं, असोज २९

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएकोमा बैठकमा चिनियाँ राष्ट्रपति सि जिङपिङ भ्रमणको समिक्षा, केन्द्रिय आयोगको एकिरण र आज हुने चियापानको विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा पार्टी अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, माधव नेपाल , रामबहादुर थापा, वामदेव गौतम, विष्णु पौडेल लगायतको सहभागिता रहेको छ ।