काठमाडौं, असोज ६ । रास्वपा सभापति रबि लामछाने प्रबन्ध निर्देशक रहनुभएको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशी पक्राउ परेका छन ।
पूर्वडिआइजी जोशीलाई प्रहरीले आज पक्राउ गरेको हो । जोशीलाई काठमाडौँबाट पक्राउ गरिएको हो । प्रहरीबाट अवकाश पाएका जोशीलाई पोखरा लैजाने तयारी छ । उहाँ गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुनुहुन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अपचलन भएको सहकारी छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राई, लामिछाने र जोशी व्यापारिक साझेदार हुनुहुन्छ । संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयसहित प्रतिवेदन पठाइएपछि प्रहरीले आज जोशीलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्