काठमाडौं, ६ असोज । रास्वपा नेतृको उजुरीमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौँले प्रसाईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईंबिरुद्ध रास्वपाकी नेतृ ज्वाला संगैलाले साइबर ब्यूरोमा उजरी दर्ता गराउनु भएको थियो ।
उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो । साइबर अपराधको मुद्दामा प्रसाईलाई यसअघि नै जिल्ला अदालत काठमाडौँले पक्राउको अनुमति दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्