न्युयोर्क (अमेरिका) असोज ७ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले शिष्टाचार भेट गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीसँग राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा मानव अधिकार उच्चायुक्त टर्कले आज शिष्टाचार भेट गर्नुभएको हो ।
भेटको अवसरमा मानव अधिकार संरक्षण र सम्बर्धनको बिषयमा दुवै नेतालेआफ्नो धारणा राख्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्