काठमाडौंं, असोज ८ । नेकपा एमालेको संगठनहरुमा आन्तरिक प्रतिस्पर्धा गरी मुल्याङ्कन गर्दा देशैभरको कमिटीमध्ये बागमती प्रदेश सम्पर्क कमिटी प्रथम भएको हो ।
केन्द्रीय सम्पर्क समन्वय कमिटीका सहंयोजक क. थानेश्वर बस्यालको संयोजकत्वमा गठित १५ सदस्यीय मुल्यांकन कमिटीले गरेको मुल्यांकनका आधारमा बागमती पहिलो बनेको हो । सो कमिटीले एमालेको ७ वटा प्रदेश सम्पर्क कमिटी र ७४ जिल्ला सम्पर्क मञ्चहरुको मुल्यांकन गरी प्रथम, द्वितीय र तृतीय भएका कमिटीहरु र मञ्चहरु घोषणा गरेको छ ।
प्रदेश सम्पर्क कमिटीमा बागमती प्रदेश सम्पर्क कमिटी पहिलो बन्न सफल भएको हो । यस्तै लुम्बिनी प्रदेश सम्पर्क कमिटी दोस्रो र कोशी तेस्रो बनेको छ । यसैगरी जिल्ला सम्पर्क मञ्चहरुमध्ये रामेछाप–काठमाडौंं सम्पर्क मञ्च पहिलो बनेको छ भने दोस्रोमा गुल्मी–काठमाडौंं सम्पर्क मञ्च र ओखलढुंगा–काठमाडौंं सम्पर्क मञ्चले तेस्रो स्थान हासिल गरेको छ । यसैगरी ७ प्रदेशहरु भित्रको जिल्ला सम्पर्क मञ्चहरुको पनि अन्तर जिल्ला मुल्याङ्कन गरेर प्रदेश स्तरीय जिल्ला सम्पर्क मञ्चहरुबाट प्रथम, द्वितीय र तृतीय घोषण गरिएको छ ।
जसमा कोशी प्रदेशभित्रको जिल्ला सम्पर्क मञ्चहरुबाट भोजपुर–काठमाडौंं सम्पर्क मञ्च पहिलो, खोटाङ–काठमाडौंं सम्पर्क मञ्च दोस्रो र तेह्रथुम–काठमाडौंं सम्पर्क मञ्च तेस्रो बनेको छ । मधेश प्रदेशको जिल्ला सम्पर्क मञ्चहरुबाट सिराहा–काठमाडौं सम्पर्क मञ्च पहिलो, सर्लाही–काठमाडौं सम्पर्क मञ्च दोस्रो र धनुषा काठमाडौं सम्पर्क मञ्च तेस्रो भएको छ । बागमती प्रदेश अन्तर्गत सिन्धुली–काठमाडौं सम्पर्क मञ्च पहिलो, नुवाकोट–काठमाडौं सम्पर्क मञ्च दोस्रो र धादिङ–काठमाडौं सम्पर्क मञ्च तेस्रो भएको छ ।
यस्तै गण्डकी प्रदेश अन्तर्गत कास्की–काठमाडौं सम्पर्क मञ्च पहिलो, लमजुङ–काठमाडौं सम्पर्क मञ्च दोस्रो र तनहुँ–काठमाडौं सम्पर्क मञ्च तेस्रो बनेको छ । लुम्बिनी प्रदेश अन्तर्गत पाल्पा पहिलो, अर्घाखाँची दोस्रो र प्युठान–काठमाडौं सम्पर्क मञ्च तेस्रो बनेको छ । त्यस्तैगरी कर्णाली प्रदेश अन्तर्गत जाजरकोट–काठमाडौं सम्पर्क मञ्च पहिलो, मुगु–काठमाडौं सम्पर्क मञ्च दोस्रो र सल्यान–काठमाडौं सम्पर्क मञ्च तेस्रो भएको छ ।
यस्तै सुदुरपश्चिम प्रदेशअन्तर्गत अछाम–काठमाडौं सम्पर्क मञ्च पहिलो, बझाङ–काठमाडौं सम्पर्क मञ्च दोस्रो र दार्चुला–काठमाडौं सम्पर्क मञ्च तेस्रो स्थानमा आएको छ । मुल्यांकणमा पहिलो, दोस्रो र तेस्रो हुने प्रदेश सम्पर्क कमिटी र जिल्ला सम्पर्क मञ्चहरुलाई केन्द्रीय सम्पर्क समन्वय कमिटीले बिशेष कार्यक्रमको आयोजना गरी सम्मानित गरेको छ ।
नेपालीहरुको मौलिक चाडपर्वहरु बडादशै, तिहार, नेपाल सम्बत, छठ, ल्होछार, ईद लगायत सम्पुर्ण राष्ट्रिय पर्बहरुको सम्मानमा आयोजित शुभकामना आदान–प्रदान, सम्मान एवं मुल्यांकन घोषणा कार्यक्रममा संयोजक श्याम बस्नेत र प्रमुख अतिथी एमाले उपाध्यक्ष युवराज ज्ञवालीसहितका एमाले नेताहरुले सम्मानित गर्नुभयो ।
कार्यक्रमका सम्पर्क मञ्च अन्तर्गत कार्यक्षेत्रमा काम गरिसकेका अग्रज नेताहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा मोहनचन्द्र अधिकारी, युबराज ज्ञवली, अष्टलक्ष्मी शाक्य, गोपाल शाक्य, गोकर्ण बिष्ट, छबिलाल बिश्वकर्मा, भानुभक्त ढकाल, युबराज कार्की, सानू श्रेष्ठ, ममता गिरी, डा. भीष्म अधिकारी, नरेन्द्र श्रेष्ठ, ईन्द्र भण्डारी, श्रीरमण गौतम हुनुहुन्छ । उहाँहरुलाई पार्टीको तर्फबाट सम्पर्क मञ्चको नेतृत्व गरी योगदान गरेको भन्दै सम्मान पत्रसहित खादा दोसल्ला लगायत पहिर्याएर सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्