काठमाडौं, असोज ८ । त्रिभुवन विश्वविद्यालये २०५८ सालदेखिका सवै संकायका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको बिशेष आग्रहमा त्रिभुवन विश्वविद्यालयले मौका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । त्रिबिले मंगलबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गरेर सो जानकारी गराएको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवम शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसीको अध्यक्षतामा समितिको २०८१ असोज सात गते बसेको बैठकले मौका परीक्षाको व्यवस्था गर्ने निर्णय गरेको प्रकाशित सूचनामा उल्लेख छ।
प्रकाशित सूचनामा मानविकी तथा सामाजिक शास्त्र ,व्यवस्थापन , शिक्षा ,कानुन ,विज्ञान तथा प्रविधि अध्ययन संस्थानका बि। स।२०५८ साल देखिका वार्षिक प्रणाली अन्तर्गत र २०६९ साल देखिका सेमेस्टर प्रणालीका विद्यार्थीको लागि एकपटक मौका परीक्षा सञ्चालन गर्ने भएको उल्लेख छ।
त्रिविबाट सञ्चालन हुने जुनसुकै तहको परीक्षामा एआइ प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने निर्णय त्रिविले गरेको छ।
प्रतिक्रिया दिनुहोस्