जनता टाइम्स

१० आश्विन २०८१, बिहीबार ०९:४३

बिदेशबाट आएको महिना दिनमै गोली हानेर श्रीमतीको हत्या, बुबामाथि पनि गोली प्रहार


सर्लाही, असोज १० । सर्लाहीको पूर्वी क्षेत्रमा पर्ने हरिपूर्वामा एक युवकले आफ्नै श्रीमतीलाई गोली हानी हत्या गरेका छन ।

हरिपूर्वा नगरपालिका ५ हरिपूर्वाका धिरेन्द्र रायले आज राती आफ्नै श्रीमती २३ वर्षीया चित्ररेखा यादवलाई गोली हानी हत्या गरेका हुन । सुतिरहेको अवस्थामा साढे १ बजेतिर रायले श्रीमती चित्ररेखालाई गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो। चित्ररेखाको घटनास्थलमै मृत्यु भएको छ।

प्रहरीका अनुसार चित्ररेखाको दाहिने कन्चटमा गोली हानी राय फरार भएका थिए । पारिवारिक विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ ।
रायले आफ्नो बुबा दिनेश यादवलाई पनि गोली प्रहार गरेका छन्।

दिनेशको बाँया हातको गोली लागेको र उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। गोली प्रहार भएपछि घटनास्थलमा दौडिएर पुगेका बुबामाथि पनि रायले गोली प्रहार गरेका थिए वैदेशिक रोजगारीबाट एक महिना अघि मात्रै घर आएका यादवले आएदेखि नै घरको सबैलाई मार्छु भन्दै हिँड्ने गरेका र गएराती यादव केही व्यक्तिको समूहमा मोटरसाइकलमा आएर गोली हानी फरार भएको प्रहरीले जनाएको छ।

प्रहरीले गोली प्रहार गर्ने यादव र उनीसँगै आएका व्यक्तिहरुको खोजी कार्य भइरहेको छ।