जनता टाइम्स

१० आश्विन २०८१, बिहीबार १३:०२

अवैध लागूऔषधसहित तीन जना पक्राउ


काठमाडौं, १० असोज । प्रहरीले अवैध लागूऔषधसहित तीन जना पक्राउ गरेको छ । जसमा कैलाली, धनगढी उपमहानगरपालिका–३ ट्राफिक चोकस्थित बाजुरा होटलबाट अवैध लागूऔषध चरेश ७ सय ४० ग्राम सहित होटल संचालिका बाजुरा खप्तड छेडेदह गाउँपालिका–४ घर भएकी ४१ वर्षीया मनमति ऐडि रावतलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यसैगरी कैलाली गौरिगंगा नगरपालिका–८ बडैपुरबाट अवैध लागूऔषध चरेश २ किलो ७ सय ४० ग्राम सहित बझाङ केदारस्युँ गाउँपालिका–६ बस्ने २३ वर्षीय गोबिन्द धामीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

रूपन्देही, सिद्धार्थनगर नगरपालिका–११ पिप्रहवाबाट अवैध लागूऔषध ब्राउनसुगर १० ग्राम ५ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ४५ वर्षीय चुलही जैसवाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय भैरहवा र प्रहरी चौकी मेउडिहवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।