काठमाडौं, असोज ११ । सर्वाेत्तम सिमेन्टल झापाको भद्रपुर नगरपालिका–९ स्थित आफ्नो सर्वाेत्तम ईष्ट प्रा. लि. को कारखाना स्थलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
‘सुखद जीवनका लागि हौँ निरोगी’ भन्ने सन्देशका साथ गरिएको उक्त कार्यक्रममा कुल १०६ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन । सो शिविरमा कम्पनीले निःशुल्क औषधी वितरणसमेत गरेको छ ।
उक्त शिविरमा वरिष्ठ फिजिशियन तथा वरिष्ठ गाइनोकोलोजिष्ट लगायत अन्य १२ जना सहयोगीहरुले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नु भएको थिए । साथै, उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्की, वडा नं. ९ का वडा अध्यक्ष रामप्रसाद दाहाल, प्रगति टोल विकास समितिका अध्यक्ष टेकबहादुर रोक्का तथा यसै उद्योगका प्रतिष्ठित व्यक्तित्वहरु अतिथिका रुपमा उपस्थिति रहनुभएको थियो ।
आफ्नो सामाजिक उत्तरदायित्व बोध गर्दै कम्पनीले सो निःशुल्क स्वास्थ्य शिविरको कार्यक्रम ल्याएको हो । साथै आगामी दिनहरुमा पनि यस प्रकारका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जान कम्पनी प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्