जनता टाइम्स

१२ आश्विन २०८१, शनिबार १२:५५

भक्तपुरमा बाढी र पहिरोमा परेर पाँच जना बेपत्ता


भक्तपुर, १२ असोज । भक्तपुरमा बाढी र पहिरोमा परेर पाँच जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरले निरन्तरको वर्षापछि आएको बाढी तथा पहिरोमा परेर जिल्लामा पाँच जना बेपत्ता भएको जानकारी दिएको हो । जसमा ठिमीमा पहिरोले चारजना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका हुन् । वेपत्ताहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।