लगातारको बर्षापछि आएको बाढी पहिरोमा परी देशभर ६६ जनाको मृत्यु भएको छ भने ७९ जना बेपत्ता भएका छन । बाढी पहिरोमा परी काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २ हजार घर डुबानमा परेका छन ।
काठमाडौं, असोज १२ । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको ज्यान गएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार शनिबार साँझ ५ बजेसम्म देशभर ६६ जनाको मृत्यु भएको छ भने ७९ जना बेपत्ता भएका छन ।
सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले दिनुभएको जानकारीअनुसार हालसम्म विपदका घटनामा परेर ३५ जना घाइते भएको छन। उहाँका अनुसार उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बाढी पहिरोमा परेरकाठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । यस्तै काभ्रेमा १४, पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, धादिङमा १, सिन्धुपाल्चोकमा ४ र दोलखामा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिपदको घटनामा परी ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौँमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता भएको पनि उहाँले जानकारी दिनुभयो । अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको छ भने दुई सयभन्दा बढी घर क्षति भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन । बाढीपहिरो तथा डुबानमा परेका १ हजार ३ सय १५ जनाको उद्धार गरिएको उहाँले बताउनु भयो । बाढीपहिरोबाट काठमाडौंमा ४ घर भत्केका छन भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ ।
काठमाडौंमा एक हजार तीन सय २४, ललितपुरमा ५ सय र भक्तपुरमा ४ सय १७ गरी उपत्यकामा दुई हजार २ सय ४१ घर डुबानमा परेका छन । विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौंमा ३ हजार ६०, ललितपुरमा १ हजार १ सय र भक्तपुरमा ३ सय ५० प्रहरी खटिइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिनुभयो ।
काठमाडौंमा एक हजार तीन सय २४, ललितपुरमा ५ सय र भक्तपुरमा ४ सय १७ गरी उपत्यकामा दुई हजार २ सय ४१ घर डुबानमा परेका छन । विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौंमा ३ हजार ६०, ललितपुरमा १ हजार १ सय र भक्तपुरमा ३ सय ५० प्रहरी खटिइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिनुभयो ।
प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले सुरक्षा निकाय तथा उद्धारमा संलग्न सङ्घसंस्थाको सहकार्यमा अहिले पनि उद्धार जारी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल प्रहरीबाट १० हजार बढी सुरक्षाकर्मी उद्धारमा परिचालन गरिएको छ । सोही हाराहारीमा सशस्त्र प्रहरीले पनि टोली परिचालन भएका छन ।
प्रतिक्रिया दिनुहोस्