जनता टाइम्स

१४ आश्विन २०८१, सोमबार १८:३६

महासभामा उपस्थिति भैँसी दुहुन गएर दूध लिएर आएँ भने जस्तो छैन : प्रधानमन्त्री


काठमाडौं, असोज १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको महासभामा जलवायु परिवर्तनलगायत विषयमा आफूले स्पष्ट सन्देश दिने गरी सम्बोधन गरेको बताउनु भएको छ ।

सोमबार अपरान्ह स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभामा नेपालमा अभ्यास गरिँदै आएको परिपूर्ण लोकतन्त्र तथा यसका आधारभूत पक्षहरु मानव अधिकार, लैगिंक समानता, कानुनको शासन, सामाजिक न्याय र सामाजिक सुरक्षाको विषयमा कुरा राखेको बताउनु भयो ।

आफ्नो अमेरिका भ्रमणबारे ३४ बुँदामा प्रष्ट पारेपछि उहाँले सञ्चारकर्मीका जिज्ञासाको पनि जवाफ दिनुभएको थियो । राष्ट्रसंघमा तपाइँको उपस्थितिले मुलुकलाई के अर्थ राख्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो उपस्थिति भैँसी दुन गएर दूध लिएर आए भने जस्तो नभएको बताउनुभयो ।