जनता टाइम्स

१५ आश्विन २०८१, मंगलवार १२:५३

अवरुद्ध सडक खुलाउन सडक बिभाग र सुरक्षाकर्मी सक्रियतासँगै दाउन्नेमा दुईतर्फी सवारी सञ्चालन


अवरुद्ध सडक खुलाउनका लागि सुरक्षा निकायदेखि सडक बिभागले निकै सक्रियतापुर्वक काम गरेको थियोे । सडकमा अलपत्र यात्रु र सवारीको मर्का बुझेर सक्रियतापुर्वक सडकको डाइभर्सन बनाई यातायात सञ्चालन गरिएको हो ।

नवलपरासी, असोज १५ । लगातारको बर्षाले सोमबार दिउँसो सडक भासिएपछि अवरुद्ध बनेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

बर्दघाट ४ खुर्सानीखोलामा सोमबार दिउँसो सडक भासिएपछि बन्द रहेको सडक डाइभर्सनमार्फत आजबाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

रातभर डाइभर्सन बनाइएर यातायात सञ्चालन गरिएको हो । बिहान ९ बजे एकतर्फी सञ्चालनमा आएको सडक अपरान्हबाट दुईतर्फी सञ्चालनमा आएको हो । सडक खुलेपछि सोमवारदेखि अलपत्र परेका सवारी साधनहरू आफ्नो गन्तव्यतर्फ लागेका छ्न ।

अवरुद्ध सडक खुलाउनका लागि सुरक्षा निकायदेखि सडक बिभागले निकै सक्रियतापुर्वक काम गरेको थियोे । सडकमा अलपत्र यात्रु र सवारीको मर्का बुझेर सक्रियतापुर्वक सडकको डाइभर्सन बनाई यातायात सञ्चालन गरिएको हो ।