जनता टाइम्स

१६ आश्विन २०८१, बुधबार ०८:४७

बाढी-पहिरोमा परी मृत्यू हुनेको संख्या २२८ पुग्यो, २५ जना अझै बेपत्ता


काठमाडौं, असोज १६ । यही असोज ११ र १२ गतेको बाढी-पहिरोमा परी दुई सय २८ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढी-पहिरोमा परी २५ जना बेपत्ता रहेका छन भने एक सय ५८ जना घाइते भएका छन।

हालसम्म बाढी-पहिरो प्रभावित क्षेत्रबाट १३ हजार ६१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।

सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको पनि बताएको छ ।