काठमाडौं, असोज १६ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादीको बिद्यार्थी संगठन अनेरास्वबियू (अखिल) क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनको बन्दसत्रमा हल तोडफोड भएको छ ।
बन्द सत्र बस्दै नबसी बिहीबारका लागि सारिएपछि आक्रोशित बिद्यार्थी नेतासहितका प्रतिनिधिहरुले सम्मेलन हलमा कुर्सि तोडफोड गरेका हुन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा असोज १० गतेदेखि सुरु भएको सम्मेलनको बन्दसत्र उमेर हद कायम गर्ने कि नगर्ने भन्ने विवादले प्रभावित बनेको छ ।
बिहीबार बिहान १० बजेदेखि बन्दसत्र सुरु हुने सूचना अध्यक्ष मण्डलले जारी गरेपछि आक्रोशित प्रतिनिधिहरुले कुर्सी फालेर विरोध जनाएका हुन । विवाद समाधान गरेर बिहीवार उमेर हदका लागि मतदान हुने विघटित कमिटीकी अध्यक्ष पञ्चा सिंहले बताउनु भएको छ ।
पार्टी अध्यक्ष प्रचण्डसमेतको छलफलबाट अखिल क्रान्तिकारीका नेताहरुले उमेर हद लगाउने कि नलगाउने भन्ने विषय मतदानबाट टुंगो लगाउने र त्यसपछि नेतृत्व चयनका लागि मतदान गर्ने समझदारी भएको थियो । तर केही पदाधिकारीहरु नै उमेर हद लगाउने कुरामा सहमत हुन नसकेपछि बन्दसत्र प्रभावित हुँदै आएको छ ।
बन्दसत्र छिटो सुरु गर्न माग गर्दै प्रतिनिधिहरुले हलभित्र प्रदर्शन र तोडफोड गरेका छन । यही विवादका क्रममा दुई दिन अघि खुकुरी बोकेका एक व्यक्ति सम्मेलन हलमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
माओवादी निकट बिद्यार्थी संगठनमा नेतैपिच्छे गुट रहेको र सवैभन्दा अयोग्यलाई अध्यक्ष बनाउने खेलमा नेताहरु नै लागेको संकेत पाएपछि प्रतिनित्रिहरु आक्रोशितसमेत बनेका छन ।
प्रतिक्रिया दिनुहोस्