जनता टाइम्स

३० आश्विन २०७६, बिहीबार १६:४४

महिला पत्रकारले अवैध यौन सम्बन्ध राखेको जब राजाले थाहा पाए


मोरक्को, असोज ३०

मोरक्कोका राजा मोहम्मद (छैटौँ)ले एक महिला पत्रकारलाई विवाहेतर यौन सम्बन्ध र गर्भपतनको मुद्दामा जेल सजाय सुनाएका थिए ।

राजाले हजार राइसोनीलाई उनका प्रेमी, चिकित्सक टोलीलाई समेत जेल पठाएका थिए । तर पत्रकार राइसोनी र उनका प्रेमीले विधिवत रुपमै परिवार बनाउने चाहना राखे । यही मुद्दाले विश्वभर चर्चा पायो । साथै अधिकारकर्मीहरुले पत्रकारको अधिकारका लागि आवाज उठाए । तर मोरक्कोमा विवाहेतर यौन सम्बन्ध अवैध मानिन्छ ।

रिपोर्टका अनुसार मोरक्कोमा हरेक दिन ६ सयदेखि ८ सय वटा गर्भपतन अवैध रुपमा हुने गरेको छ । २८ वर्षीया पत्रकार राइसोनीको मुद्दा अदालतमा पुगेको थियो । कानून मन्त्रालयले उनको मुद्दाको फैसला गर्दै पत्रकार राइसोनीलाई माफी दिएको छ ।