जनता टाइम्स

३० आश्विन २०७६, बिहीबार १७:२०

सञ्चारमन्त्री बाँस्कोटाको खुलासा : प्रधानमन्त्री ओलीको सपनामा चिनियाँ राष्ट्रपति सीको बलियो साथ पायौं


काठमाडौं, असोज ३० । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले देख्नुभएको समृद्धिको सपना साकार पार्न चिनियाँ राष्ट्रपति सी चिनफिङको बलियो साथ पाएको खुलासा गर्नुभएको छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा यस्तो खुलासा गर्नुभएको हो । मन्त्री बाँस्कोटाका अनुसार प्रधानमन्त्री ओलीले भूपरिष्ठितबाट भूजडित बनाउने सपना देख्दै आउनुभएको र हालै भएको चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणमा चीनको बलियो साथ पाएको छ ।

‘यो चिनियाँ राष्ट्रपति सीको मुखबाट सबैले सुन्नुभएकै छ,’ मन्त्री बाँस्कोटाले भन्नुभयो । उहाँले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण ऐतिहासिक रुपमा सम्पन्न भएको ठोकुवा पनि गर्नुभयो । ‘यो भ्रमणको उपलब्धी मूल्यमा नाप्न सक्दैनौं,’ सञ्चारमन्त्री बाँस्कोटाको भनाई थियो ।