जनता टाइम्स

१८ आश्विन २०८१, शुक्रबार १६:२०

राप्रपामा चर्कियो बिवाद, राजेन्द्र लिङ्देनले अमानवीय निर्णय गरेको भन्दै प्रतिकारमा उत्रिए डा. लोहनी


काठमाडौं, असोज १८ । संघीय लोकतान्त्रिक गणतन्त्रको रस चुसेर मोटाए पनि राजतन्त्र स्थापना गर्ने भन्दै जनता ढाँटने अभियानतिर केन्द्रित रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र चरम बिवाद देखिएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा आफ्नो बिरोध गरे जिम्मेवारी खोस्ने मिशन नै चलाएपछि राप्रपाभित्रको बिवाद भुसको आगो झै फैलिएर धुवा निस्कन थालेको हो । पछिल्लो पटक अध्यक्ष लिङ्देनले बिदेशमा उपचार गराइरहनु भएका महामन्त्रीकै जिम्मेवारी खोसेपछि बिवादले उग्र रुप लिएको छ ।

राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अध्यक्ष लिङ्देनले अमानवीय निर्णय गरेको भन्दै कडा आक्रोश पोख्नुभएको छ । अध्यक्ष लिङ्देनले बिहीबार विभागका प्रमुखहरुको जिम्मेवारी हेरफेर गर्दै महामन्त्री डा. धवलशमशेर राणालाई समेत सङ्गठन विभाग प्रमुखबाट हटाउनु भएको थियो । आफू जस्तै प्रकृयाबाट चुनाव जितेर आएका राणालाई लिङ्देनको कू गरेपछि लोहनी आगो बन्नुभएको हो ।

राप्रपाका सांसद तथा महामन्त्री धवल शमशेर बिरामी भएर विदेशमा उपचार गराउँदै हुनुहुन्छ । यस्तो बेलामा उहाँलाई सङ्गठन विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो र बिरामी साथीलाई तनाव दिने काम मात्र हो । यो निर्णयप्रति म दुःख व्यक्त गर्दछु र मेरो असहमति स्पष्ट गर्दछु

महामन्त्री राणा बिरामी भएर विदेशमा उपचार गर्न गएका बेला प्रमुखबाट हटाउने कार्य अविवेकी र अमानवीय निर्णय भएको लोहनीको ठहर छ । उहाँले बिरामी सहकर्मीलाई तनाव दिने कार्यप्रति दुःख व्यक्त गर्दै अध्यक्ष लिङ्देनको निर्णयप्रति असहमति रहेको स्पष्ट पार्नुभएको छ ।

‘राप्रपाका सांसद तथा महामन्त्री धवल शमशेर बिरामी भएर विदेशमा उपचार गराउँदै हुनुहुन्छ । यस्तो बेलामा उहाँलाई सङ्गठन विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो र बिरामी साथीलाई तनाव दिने काम मात्र हो । यो निर्णयप्रति म दुःख व्यक्त गर्दछु र मेरो असहमति स्पष्ट गर्दछु,’ पूर्वअध्यक्ष लोहनीले सामाजिक सञ्जाल फेसबुकमै लेख्नुभएको छ । लिङ्देनले महामन्त्री धवललाई हटाएर बरिष्ठ नेता बुद्धिमान तामाङलाई संगठन बिभाग प्रमुख तोक्नुभएको छ ।

अध्यक्ष लिङ्देनले बिहीवार राजनीतिक विभागको प्रमुखमा बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सङ्गठन विभाग प्रमुखमा उपाध्यक्ष बुद्धिमान तामाङ, स्थानीय तह परिचालन विभागको प्रमुखमा उपाध्यक्ष ध्रुवबहादुर प्रधान, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्का, विपद् व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा, सूचना प्रविधि विभाग (आइटी) को प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपानेलाई तोक्नुभएको थियो । लिङ्देनको सो निर्णयप्रति राप्रपाा इतर समुह प्रतिकारमा उत्रने तयारी गरेको छ ।